त्रिशूलीमा बेपत्ता ६५ यात्रुमध्ये १५ को भेटियो शव


काठमाडौं । सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा बगेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

गत शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएको थियो ।

बसमा सवार ६५ यात्रुमध्ये मंगलबार बिहानसम्ममा ९ः३० बजेसम्म १५ जनाको शव भेटिएको हो । मृतकमध्ये आठ जनाको सनाखत भएको छ ।

२०८१ श्रावण १, मंगलवार १४:०२ प्रकाशित
ट्रेन्डिङ समाचार