पहिलो महिला कामु मुख्य सचिव बनिन् लिला गड्तौला


काठमाडौ
सरकारले निमित्त मुख्य सचिव लीला देवी गडतौलालाई कायम मुकायम(कामु) मुख्य सचिवमा नियुक्त गरेको छ । गड्तौला नेपालकै पहिलो महिला कामु मुख्य सचिव बनेकी छिन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई कामु मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
गड्तौलाले गत असार १० गतेदेखि निमित्त मुख्य सचिवको रूपमा काम गर्दै आइरहेकी थिएन् । तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै रिक्त हुन पुगेको मुख्यसचिव पदमा प्रधानमन्त्री कार्यालयकै वरिष्ट सचिव रहेकी गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइदै आइएको थियो । कानुनमा विशेष दख्खल राख्न सक्ने उच्च क्षमतकी गड्तौला इमान्दार प्रशासकको रुपमा स्थापित छिन् । उनी निर्णय क्षमतामा पनि अब्बल मानिन्छिन् ।

२०८१ असार ३१, सोमबार २३:२० प्रकाशित
ट्रेन्डिङ समाचार