न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ : न्यायाधीश सिंह


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै राउतले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अङ्गको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताएका हुन् ।

उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठुलो मूल्य चुकाउने बताए । उनले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औँल्याए । लोकतन्त्रको मर्म मर्ने गरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ ।

उनले भने, ‘आज सामाजिक सञ्जालमा मान्छेलाई खुइल्याउने काम, मान्छेको चरित्र हत्या गर्ने काम पेसा बनेको छ । कसले रोक्छ ? कसरी रोक्ने ? यसमा छलफल हुनुपर्छ । तपाईँहरूको रिपोर्टिङमा तपाईँहरूले हेक्का राख्नुपर्ने कुरा लिबरल डेमोक्रेसीको मान्यताहरु कहिले पनि मर्ने गरी कोर्ट रिपोर्टिङ हुनुहुँदैन । लिबरल डेमोक्रेसीको मूल्य बहुत ठुलो कुरा हो । यो जोगाउन एउटा पत्रकारले हात काटेर दिनुपर्छ । एउटा न्यायाधीशले आफ्नो विवेकलाई कहिल्यै बन्धक राख्नै हुँदैन । त्यसैले आजका दिनमा गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने म आज पनि त्यो जमात देख्दिन ।

 

२०८१ असार २९, शनिबार १५:५४ प्रकाशित
ट्रेन्डिङ समाचार