नारायणी नदीमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले बस बगाउँदा नारायणी नदीमा बेपत्ता भएका यात्रुको खोजी कार्य सुरु भएको छ ।

उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोली खटिएका छन् ।

जसमा सशस्त्र प्रहरीबाट ४५ जना र विपद् ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोरसहित २५ जना परिचालित छन् ।

दुईवटा बस बगाउँदा करिब ६० यात्रु बेपत्ता भएका छन् ।

 

२०८१ असार २८, शुक्रबार १०:१२ प्रकाशित
ट्रेन्डिङ समाचार