एसईईको नतिजा सार्वजनिक, अधा भन्दा बढि अनुतीर्ण


परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरिएको हो। नतिजाअनुसार ४७।८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् अर्थात् उतीर्ण भएका छन् ।
५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनर्जी) ल्याएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

२०८१ असार १३, बिहीबार २३:०१ प्रकाशित
ट्रेन्डिङ समाचार