एसएसपी बढुुवामा चलखेल र आर्थिक लेनदेनको आरोप


शुक्रबार मध्यराती राती नेपाल प्रहरीका एसपीको एसएसपीमा भएको बढुवा सिफारिसमाथि चलखेलको आरोप लागेको छ । बढुुवामा आर्थिक चलखेल भएको दावी स्रोतको छ ।

नेपाल प्रहरीकै एक एसपीले बढुवामा बार्गेनिङ भएको भन्दै गम्भीर आरोप लगाएका छन् । बढुवामा छुटेका एसपी गोविन्द अधिकारीले सार्वजनिक रुपमै यस्तो आरोप लगाएका छन् । उनले फेसुबकमा लेखेका छन्,‘गृहबाट बढुवा लिष्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो रु ’

गृहले एसपीहरू श्यामकृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम दाहाल र नान्तीराज गुरुलाई बढुवा सिफारिस गरेको हो । एसपी अधिकारी पनि बढुवाका प्रतिस्पर्धी थिए ।

उनको नाम पनि सिफारिस भएको हल्ला सामाजिक सञ्जालमा चलाइएको थियो । पछि बढुवामा अटाएनन् । सोही कारण उनले मिडिया ट्रायल गरेर बार्गेनिङ गरेको आशंका व्यक्त गरेका हुन् ।

एसपी अधिकारीकी श्रीमती अनिता ढकाल अधिकारीले पनि बढुवा भएको हल्ला गरेर बढुवामा छुटाइएको भन्दै यसको छानविन गर्न माग गरेकी छिन् ।

 

२०८१ जेष्ठ १९, शनिबार २२:२९ प्रकाशित
ट्रेन्डिङ समाचार