धादिङः रुवी भ्याली गाउँपालिकाको कार्यालय सेर्तुङ, धादिङमा यहि मिति २०८१ साल जेठ १६ गते बुधवारका दिन दिउँसोको करिव ३:४० बजेको समयमा यस गाउँपालिका कार्यालय स्वास्थ्य शाखा प्रमुखलाई सेर्तुङ आधारभुत अस्पतालमा कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिई रुवी भ्याली गाउँपालिका वडा नं ३, का वडा सदस्य विनोद तामाङको संलग्नतामा सेर्तुङका स्थानीय करिब १२ जना युवाहरुले अपशब्द, अभद्र व्यवहार तथा बाटो छेकी हातमा ढुङ्गा लाठी र वियरको बोतल बोकेर हातपात गरेको तथा सामान्य प्रशासन शाखा प्रमुखलाई बारंबार फोनबाट धम्क्याएको र उहाँकै निजी निवासमा गएर साँझ ५:४० बजे जबरजस्ती कोठा भित्रपसी अपशब्द, अभद्र व्यवहारका साथै हातपात गरेको घटनाप्रति यस गाउँपालिकाको कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारी परिवार उक्त निन्दनीय घटनाप्रति घोर भर्त्सना तथा निन्दा गर्दछौं। यस्ता खेदजन्य अपराधिक व्यवहार गर्ने व्यक्तिहरु माथि छानविन गरी अविलम्ब कारबाही गरि पाउन श्रीमान प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङ समक्ष यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौ। यस्तै अवस्थामा कार्यालयमा कर्मचारीहरु असुरक्षित रहेको, काम गर्ने वातावरण नभएकोले दोषीमाथि कडा भन्दा कडा कारवाही गरिकार्यस्थलमा काम गर्ने बातावरण र सुरक्षाको प्रत्यभूत गरि दिन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौं । कार्य स्थलमा काम गर्ने बातावरण र सुरक्षाको प्रत्यभूत नभएसम्म रुवी भ्याली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय तथा सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य संस्थाहरुबाट हुने अत्यावश्यक बाहेक अन्य सेवाप्रवाहहरु हाललाई अनिश्चितकालको लागि बन्द गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।