भनसुन र प्रभावका कारण सरुवामा हम्मे,हप्तौको गृहकार्य पछि बल्ल ६० सहसचिवको सरुवा


काठमाडौ
सरकारले सहसचिव सरुवाको गृहकार्य गरेको हप्तौ पछि बल्ल ६० सहसचिवको सरुवा गरेको छ । नीतिगत तहमा महत्वपुर्ण भुमिका खेल्ने सहसचिवहरुको सरुवामा विभिन्न खाले प्रभाव र दबाब झेल्नु परेकाले सरुवामा ढिलाई भएको हो । मन्त्रिपरिषद्को २७ वैशाखको निर्णयले सहसचिवको सरुवा गर्ने निर्णय गरेपनि त्यसलाई अन्तिम रुप दिन भने ५ दिन लागेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव सरुवाको सुची एक हप्ता अघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको भएपनि नाममा थपघट गर्न विभिन्न खाले प्रभाव र दबाव आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई मन्त्रिपरिषद्मा पेश गर्न सकेको थिएन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको स्ुचीलाई शुरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फिर्ता गरेर पुन थपघट गर्न भन्दै सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गरिदिएको थियो । त्यसपछि सोर्सफोर्स र दबाबका कारण कैयौको नाममा केरमेट र टिपेक्स नै लगाइएको थियो । सहसचिव सरुवाको लागि उच्च राजनीतिक नेतृत्व, विभिन्न मन्त्रालयका सचिव तथा अन्य केहि व्यक्तिहरुको समुहले प्रभाव पारेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
विभिन्न प्रभाव र दबावका कारण सहसचिवको एकै पटक सरुवा गरिएकाले हालै सहसचिवमा बढुवा भएका सहसचिवहरुको पदस्थापन गर्न पनि झण्डै तीन साता लागेको छ । तीना साता सम्म बढुवा भएका सहसचिवहरु कामविहीन भएका थिए । बढुवा भएका अधिकांश सहसचिवहरुलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।
सरुवा भएकाहरुमा अन्यत्र विभिन्न निकायमा रहेका ६ जना सहसचिवहरुलाई गृहमन्त्रालयमा लगिएको छ । गृह मन्त्रालयमा जानेहरुमा बसन्त अधिकारी, रामचन्द्र तिवारी, तीर्थराज चिलुवाल, विष्णु प्रसाद कोइराला तीर्थराज भट्ट्राई र अर्जुन कुमार बम रहनुभएको छ । यसैगरि केन्द्रका उद्योग वाणिज्य तथा आप्ुर्ति मन्त्रालयमा सहसचिवहरु विपिन आचार्य, धूव घिमिरे, चण्डी प्रसाद घिमिरे, रहनुभएको छ । यसैगरि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा गोपाल कोइरालाको सरुवा भएको छ । धेरै सहसचिवहरुको प्रदेशका मन्त्रालयमा सरुवा भएको पाइएको छ । यसैगरि गृहमन्त्रालयमा रहेका ६ जना सहसचिवहरु गृहबाट बाहिरिएका छन् । विज्ञहरुले सहसचिवहरुको सरुवा गर्दा पनि स्पष्ट मापदण्डका आधारमा गरिएका विवाद कम हुने र न्यायोचित हुने सुझाव दिएका छन् ।

महावाणिज्यदूतका लागि दूई सहसचिको दौडधूप
सहसचिव सरुवामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रहेका दुई जना सहसचिवको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ ,। सहसचिवहरु नवराज ढुंगाना र नारायण प्रसाद भट्टको परराष्ट्र मन्त्रालयमा सरुवा भएको हो । उनीहरु मध्ये सहसचिव ढुंगानालाई कलकत्ताको महावाणिज्यदूतमा र भटुलाई चीनको ग्वाज्जाओ स्थित महावाणिज्यदूतावासमा पठाउने गरि उनीहरुको सरुवा परराष्ट्र मन्त्रालयमा भएको कताइएको छ ।

२०८१ जेष्ठ १, मंगलवार २३:१४ प्रकाशित
ट्रेन्डिङ समाचार