काठमाडौं ।
केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा खेल उद्घाटन हुने आयोजकले बताएका छन् ।
उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतको प्रस्तुति रहने छ । पहिलो खेल उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुने कार्यतालिका छ ।
२०८१ फाल्गुन ११, आईतवार १२:१० प्रकाशित


