साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य स्थिर रहेको छ।
कारोबारको अघिल्लो दिन प्रतितोला १५२००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १५२००० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
२०८१ पुष २३, मंगलवार १४:४० प्रकाशित


