सर्वोच्चले बोलायो भ्रष्टाचार प्रकरणमा मुछिएका महानिर्देशक कर्णलाई


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २८ करोड रुपैयाँमा चार वटा घुम्ती प्रयोगशालायुक्त गाडी खरिदमा भएको २४ करोडको भ्रष्ट्राचार प्रकरणमा महानिर्देशक सञ्जीवकुमार कर्णलाई सर्वोच्च अदालतले बोलाएको छ ।

शुक्रबारको न्यायाधीश सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनलाई सर्वोच्चमा बोलाएको हो ।

यो आदेशसँगै विशेष अदालतबाट अभियुक्तहरूलाई सफाइ दिने निर्णय सर्वोच्च अदालतले पुनरावलोकन गर्ने बाटो खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ मा तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो । आयोगको दाबी अनुसार कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा खरिद गरिएका गाडी गुणस्तरहीन र तोकिएका विशेषताभन्दा धेरै तलको स्तरका थिए । चार वटा प्रयोगशाला भ्यान खरिदका क्रममा २४ करोड ८० लाख ९५ हजार एक सय १६ रुपैयाँ हिनामिना भएको आयोगको निष्कर्ष थियो ।

 

२०८१ पुष २१, आईतवार ०५:४४ प्रकाशित
ट्रेन्डिङ समाचार