काठमाडौँ । उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका तीन जना उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगको सिफारिसअनुसार २०८१ पुष १२ गते बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल इन्जिनियरिङ सेवाका ३ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
नेपाल इन्जिनियरिङ सेवातर्फ बाबुराम सापकोटा, पूर्ण प्रसाद उपाध्याय र मिलन आचार्य रहेका छन् ।
२०८१ पुष १३, शनिबार ०८:०५ प्रकाशित


