‘निजामति सेवामा एउटै व्यक्तिलाई पटक पटक आरक्षण दिनु गलत’


काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती सेवामा एउटै व्यक्तिलाई पटक-पटक आरक्षण दिने व्यवस्था गलत भएको बताएका छन्। उनले आरक्षणलाई एक पटकमा सीमित गर्नुपर्ने र वर्गीय आधारमा पुनः संरचना गर्नुपर्ने धारणा राखेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्त सम्बन्धी विधेयकमा धारणा राख्दै बर्तौलाले आरक्षणको वर्तमान व्यवस्थाले असमानता निम्त्याएको भन्दै यसमा सुधार गर्नुपर्ने बताएका हुन्।

 

२०८१ पुष १२, शुक्रबार ०५:०८ प्रकाशित
ट्रेन्डिङ समाचार