काठमाडौँ । सवारी चालक अनुमतिपत्रमा त्रुटि भए अब प्रदेशस्थित कार्यालयले सच्चयाउने भएको छ । सोमबार यातायात विभागले एक सूचना जारी गरी सो जानकारी दिएको हो ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा सेवा कार्यालयबाट सम्पादन गर्ने निर्णय भएको जानकारी गराएको छ ।
नेपालको संविधान २०७२ र कार्य विस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार प्रदेशलाई दिएको छ । सोहीकारण विभागले सेवाग्राहीको सेवा ध्यानमा राख्दै उक्त अधिकार प्रदेशलाई दिएको हो ।
२०८१ मंसिर २५, मंगलवार ०५:४६ प्रकाशित

