नायब सुब्बाको लिखित परीक्षाको नतिजा सार्वजनिक


लोक सेवा आयोगले परराष्ट्र सेवाको नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा सार्वजनिक गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले आइतबार सूचना जारी गरी परराष्ट्र सेवाको नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं ११९०१-११९०४/०८०-८१ (खुला तथा समावेशी), परराष्ट्र सेवा, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरिएको हो ।

२०८१ मंसिर २४, सोमबार ०५:४७ प्रकाशित
ट्रेन्डिङ समाचार