नेपाल टेलिकमद्वारा विभिन्न पदको नतिजा सार्वजनिक


काठमाडौं । लोक सेवा आयोगले नेपाल टेलिकमको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गरी नेपाल टेलिकमको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को विज्ञापन नं. ३०,३१, ३२ र ५४/२०८०-८१ (आ.प्र.तथा खुला), तह १० र ९, विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा आयोगले प्रकाशन गरेको हो ।

२०८१ मंसिर २०, बिहीबार १६:५४ प्रकाशित
ट्रेन्डिङ समाचार