जुनसुकै हिंसा सह्य हुँदैनन् : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए ।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउँदै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको जानकारी दिए ।

“ पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाले महिलाहरु पनि प्रताडित छन्,।” गृहमन्त्री लेखकले भने–“ लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न

पाइन्छ तर सभ्य र सुसंस्कृत ढङ्गबाट गर्नुपर्छ ।”

२०८१ मंसिर २०, बिहीबार १३:३२ प्रकाशित
ट्रेन्डिङ समाचार