गृहमन्त्रालयको कार्यसम्पादनमा डडेलधुरा प्रथम


काठमाडौं । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पहिलो भएको छ ।

मन्त्रालयले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ प्रथम त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रथम भएको हो । २९ दशमलव पाँच पूर्णाङ्क रहेको मूल्याँकनमा डडेलधुरा प्रशासनले २९ दशमलव शून्य पचहत्तर अंक ल्याएको हो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा चोमेन्द्र न्यौपाने रहेका छन् । भदौ तेस्रो साता जिल्लाको प्रशासनिक कमान्ड सम्हालेका न्यौपाने यसअघि पनि डडेल्धुराको प्रजिअ भई सकेका छन् । उनी वैशाख ९ गतेदेखि २० गतेसम्म प्रजिअ भई बसेका थिए ।

२०८१ मंसिर १६, आईतवार ११:१० प्रकाशित
ट्रेन्डिङ समाचार