कृषि सामग्री कम्पनी लिमिटेडमा स्थायी जागिरका लागि आवेदन खुला


 

कठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको विभिन्न पदहरूमा ठूलो संख्यामा स्थायी जागिरका लागि आवेदन खुला गरेको छ।

आयोगले शुक्रबार एक सूचना जारी गरी कृषि सामग्री कम्पनी लिमिटेडको खुला तथा समावेशी, आन्तरिक प्रतियोगिता र का.क्ष.मू. बढुवा तर्फको विज्ञापन खुला गरेको हो ।

आवेदनको समयसीमा सूचना प्रकाशनको मितिले २१ दिनभित्र तोकिएको छ भने ढिलो शुल्कसहित आवेदन दिने म्याद २७ दिनसम्म छ।

उक्त सूचना लोक सेवा आयोगको सहमति र कम्पनी पदपूर्ति समितिको निर्णयानुसार प्रकाशित गरिएको हो। विभिन्न श्रेणी र सेवामा पदपूर्ति गर्न सूचनामा आवेदनका मापदण्ड, योग्यता, र प्रक्रिया उल्लेख गरिएको छ।

 

 

२०८१ कार्तिक ३०, शुक्रबार १७:१६ प्रकाशित
ट्रेन्डिङ समाचार