यस्तो रहनेछ, आज दिनभरको मौसमपूर्वानुमान


देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव हुने प्रक्षपण गरिएको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ । तर, देशको तराई भु–भागका केही स्थानहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ ।

शुक्रबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ। राति भने कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

२०८१ कार्तिक ३०, शुक्रबार १०:५२ प्रकाशित
ट्रेन्डिङ समाचार