पत्रकार श्रेष्ठको पक्राउप्रति शेखर कोइरालाको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन्।

उनले श्रेष्ठको पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको भन्दै तत्काल रिहाइको माग गरेका छन्। कोइरालाले लोकतन्त्रमा यस्ता गतिविधि राम्रो संकेत नभएको उल्लेख गर्दै लोकतन्त्रविरोधी काम नगर्न सरकारसँग आग्रह गरेका छन्।

२०८३ श्रावण २८, बिहीबार १२:१५ प्रकाशित
ट्रेन्डिङ समाचार