काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ।
महासंघले श्रेष्ठको पक्राउ तथा जनआस्था साप्ताहिकको कार्यालयमा गरिएको खानतलासीको विरोध गर्दै विनासर्त रिहाइको माग गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई धर्नामा सहभागी हुन आह्वान गरेका छन्।
श्रेष्ठलाई प्रहरीले हिजो पक्राउ गरेको थियो। आज बिहान प्रहरीले जनआस्थाको कार्यालयमा खानतलासी गरेको थियो। महासंघले श्रेष्ठलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
२०८३ श्रावण २८, बिहीबार ०९:१९ प्रकाशित


