काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको केही घण्टामै प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा खानतलासी गरेको छ।
बिहीबार बिहान ७ बजे पुगेको प्रहरी टोलीले कार्यालयमा रहेका कागजपत्र तथा कम्प्युटरलगायत इलेक्ट्रोनिक उपकरण जाँच तथा संकलन गरेको जनाइएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर तथा कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरिएको बताएका छन्।
श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउप्रति नेपाल पत्रकार महासंघले विरोध जनाउँदै कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
२०८३ श्रावण २८, बिहीबार ०९:१२ प्रकाशित


