फोहोरमा राजनीति गर्ने दिन सकिए : बालेन


काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । आदालतको आदेशपछि काठमाडौं महानगरका मेयर बालेन शाहले यस्तो बताएका हुन् । अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको उनको भनाइ छ ।

बालेनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सँधै अवरोध भइरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको फोहोर व्यवस्थापनको मोडल अनुसार काम गर्ने स्पष्ट गरेका छन् ।

साथै बालेनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको भन्दै राजनीतिक दाउपेच छोडेर महानगरलाई साथ दिन अपिल समेत गरेका छन् ।

२०८१ कार्तिक ३०, शुक्रबार १०:४३ प्रकाशित
ट्रेन्डिङ समाचार