काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, र सम्बन्धित सरकारी निकायहरूलाई विदेश भ्रमणमा मनोनयन भएका कर्मचारीहरूको विस्तृत विवरण तत्काल उपलब्ध गराउन परिपत्र जारी गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार कार्यालयहरुलाई पत्राचारी सो विवरण माग गरेको हो ।
विभिन्न सरकारी निकायहरूबाट अध्ययन, तालिम, र अध्ययन भ्रमणका लागि मनोनयन भएका कर्मचारीहरूको विवरण अनिवार्य रूपमा पठाउनसो पत्रमा उल्लेख छ । साथै, सो विवरण उपलब्ध गराउनका लागि २ दिनको समय दिइएको छ ।
परिपत्रमा भ्रमणमा सहभागी भएका कर्मचारीहरूको नाम, कार्यरत निकाय, भ्रमणको उद्देश्य, भ्रमण अवधि, र भ्रमण गर्ने देशको विवरण समेत स्पष्ट रूपमा पठाउन भनिएको छ।
२०८१ कार्तिक २८, बुधबार ११:१५ प्रकाशित

