अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचारमा निलम्वित मुख्यसचिवले पाए सफाइ


काठमाडौं । निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले उनलाई सफाइ पाउने फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले गरेको सो फैसला गरेको हो ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार अर्यालले सफाइ पाउने फैसला गरेको हो ।

तर, अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।

२०८१ कार्तिक १४, बुधबार २०:५७ प्रकाशित
ट्रेन्डिङ समाचार