सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत


काठमाडौं । सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत बन्ने भएकी छन् । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेसँगै उनी सो देशकी राजदूत बन्न लागेकी हुन् । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता उल्लेख छ ।

२०८१ कार्तिक १४, बुधबार १०:५५ प्रकाशित
ट्रेन्डिङ समाचार