काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण कोशी प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०८१ कार्तिक ७, बुधबार ०८:२९ प्रकाशित


