काठमाडौं । फोनपेले नबिल बैंकसँगको सहकार्यमा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ नामक डिजिटल भुक्तानी एप सार्वजनिक गरेको छ ।
एपमार्फत पर्यटकले नेपालभरका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा सहजै भुक्तानी गर्न सक्नेछन् । यसका लागि पर्यटकले वैध राहदानी र भिसाको प्रयोग गरी एपमा दर्ता गर्नुपर्नेछ ।
दर्तापछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत रकम लोड गरी फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ । यसले पर्यटकलाई नेपाल भ्रमणका क्रममा नगद बोक्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार यस पहलले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्नुका साथै स्थानीय व्यवसायलाई विदेशी ग्राहकसँग जोड्न सहयोग पुर्याउनेछ ।
नेपाल नाउ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा डाउनलोडका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।




प्रतिक्रिया