ADVERTISEMENT

अमेरिकाले १४ व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने प्रस्ताव गरेपछि विश्वभर विरोध

काठमाडौं । अमेरिकाले अतिरिक्त उत्पादन क्षमताको आरोप लगाउँदै चीन, भारत, युरोपेली सङ्घसहित १४ प्रमुख व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लगाउने प्रस्ताव गरेपछि विश्वभर विरोध सुरु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्रस्ताव गरेको नयाँ शुल्कमा भियतनाममाथि २० प्रतिशत, चीनमाथि २० प्रतिशत, कम्बोडिया र इन्डोनेसियामाथि १८ प्रतिशत तथा भारतमाथि १७ प्रतिशत कर लगाउने उल्लेख छ । यस्तै, युरोपेली सङ्घ, दक्षिण कोरिया र ताइवानका वस्तुमा १५ प्रतिशत शुल्क प्रस्ताव गरिएको छ ।

प्रस्तावित शुल्कप्रति जापान, चीन, युरोपेली सङ्घ र सिङ्गापुरले असन्तुष्टि जनाएका छन् । उनीहरूले अतिरिक्त उत्पादन क्षमताको आरोप उचित नभएको भन्दै अमेरिकी व्यापार नीतिको आलोचना गरेका छन् ।

अमेरिकाले ब्याट्री, सिमेन्ट, रसायन तथा प्रशोधित खाद्य पदार्थलगायतका क्षेत्रमा विदेशी उत्पादन अत्यधिक हुँदा अमेरिकी उद्योग प्रभावित भएको दाबी गरेको छ । तर नयाँ शुल्कले अमेरिकी व्यवसाय र उपभोक्तामाथि पनि लागत बढाउने तथा बजारमा वस्तुको मूल्य महँगो हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले प्रस्तावित शुल्क लागू गर्नुअघि सार्वजनिक टिप्पणी प्रक्रिया पूरा गरिने जनाएको छ । प्रक्रिया पूरा भएपछि नयाँ शुल्क जनवरीदेखि लागू हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार