ADVERTISEMENT

पूर्वमुख्यसचिव अर्याल पक्राउ, काठमाडौं ल्याइयो,म्याद थप गर्न अदालत लगिंदै

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार उनलाई स्थलमार्ग हुँदै नेपाल ल्याएर हवाईमार्गबाट काठमाडौं पुर्‍याइएको हो। विमानस्थलबाट उनलाई सीधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो।

मलेसिया कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन्। उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ।

यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। उनीहरूमाथि ठगी तथा संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार