ADVERTISEMENT

अयोध्या–जनकपुर रेल सेवाले पर्यटन र रोजगारी बढाउने मन्त्री यादवको विश्वास

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अयोध्या–जनकपुरधामबीच सुरु भएको सरयू–कमला एक्सप्रेस रेल सेवाले धार्मिक पर्यटनसँगै रोजगारी, व्यापार र उद्यमशीलताका अवसर बढाउने बताउनुभएको छ ।

मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले रेल सेवाले नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो ।

मन्त्री यादवले रेल सेवाबाट जनकपुरधाममा पर्यटकको आगमन बढ्ने र होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, होमस्टे तथा साना व्यवसायमा रोजगारीका नयाँ अवसर सिर्जना हुने उल्लेख गर्नुभयो ।

उहाँले धार्मिक पर्यटकलाई जानकी मन्दिर दर्शनमा मात्र सीमित नराखी मिथिलाको कला, संस्कृति, खानपान र स्थानीय उत्पादनको अनुभव लिन केही दिन जनकपुरमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

करिब ६०४ किलोमिटर दूरीलाई १९ घण्टामा जोड्ने सरयू–कमला एक्सप्रेस नेपाल–भारतबीचको यातायात सहकार्यको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार