ADVERTISEMENT

राष्ट्रपति कार्यालयमा तीन अध्यादेश अध्ययनकै क्रममा

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले सिफारिस गरेका तीन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले अझै स्वीकृत गरेका छैनन् । राष्ट्रपति कार्यालयका अनुसार ती अध्यादेश हाल अध्ययनको क्रममा छन् ।

मन्त्रिपरिषद्ले कात्तिक १७ गते सिफारिस गरेका प्रेस काउन्सिल नेपाल ऐन संशोधनसम्बन्धी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमै रोकिएका छन् ।

त्यस्तै, मंसिर ४ गते सिफारिस गरिएको ‘जेन–जी आन्दोलनका घटनाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि स्वीकृत हुन बाँकी छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले तीनवटै अध्यादेश अध्ययनको क्रममा रहेको जानकारी दिएका छन् । उनका अनुसार जेन–जी आन्दोलनसम्बन्धी अध्यादेश सोमबार मात्रै राष्ट्रपति कार्यालयमा दर्ता भएको हो भने अन्य दुई अध्यादेश दर्ता भएको तीन साताभन्दा बढी भइसकेको छ ।

बजेट अधिवेशन अन्त्य भएपछि सरकारले आठ अध्यादेश जारी गर्न सिफारिस गरेकोमा राष्ट्रपति पौडेलले पाँचवटा जारी गरिसकेका छन् । बाँकी तीनवटा भने अध्ययनकै क्रममा छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार