काठमाडौँ । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ।
त्यस्तै, बुधबार हिमाली क्षेत्रसहित कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा अन्य क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया