काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न नहुने बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधान र कानुनअनुसार दुवै निर्वाचन छुट्टाछुट्टै समयमा गर्नुपर्नेमा जोड दिए।
स्थानीय तहको कार्यकाल जेठ ५ गते र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले निर्धारित समयसीमाअनुसार निर्वाचन हुनुपर्ने उनको भनाइ छ।
संविधान र कानुन मिचेर निर्वाचन गरिए राजनीतिक अस्थिरता निम्तिन सक्ने चेतावनी दिँदै उनले लोकतान्त्रिक व्यवस्था र कानुनी शासनको रक्षा गर्न सबै दल जिम्मेवार हुनुपर्ने बताए।
त्यस्तै, आगामी राजनीतिक प्रतिस्पर्धामा सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।
सम्बन्धित खबर




प्रतिक्रिया