ADVERTISEMENT

नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि फिफाले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने बताएका छन्।

 

थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले नेपाली फुटबलको विषयमा दुवै निकाय सकारात्मक रहेको जानकारी दिए।

 

उनका अनुसार फिफाले निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउने र आगामी डिसेम्बरसम्म निर्वाचनका लागि रोडम्याप प्रस्ताव गर्ने सहमति भएको छ।

 

सरकारले नेपालको कानुनअनुसार काम गर्ने विषयमा फिफा र एएफसीलाई स्पष्ट पारेको र त्यसमा दुवै निकाय सकारात्मक देखिएको उनले बताए।

 

यद्यपि, अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम कमिटी गठन गरेर गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ।

 

थाइल्यान्ड भ्रमणका क्रममा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार