ADVERTISEMENT

पहिरो जोखिमले घोप्टेभीरमा दैनिक ५ घण्टा सडक बन्द

काठमाडौँ । मुग्लिन–काठमाडौँ सडक खण्डअन्तर्गत घोप्टेभीरमा आजदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

 

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द रहने जनाएको छ।

 

सडक माथिबाट ढुङ्गा तथा माटो खस्ने क्रम नरोकिएपछि पहिरोको जोखिम न्यूनीकरण गर्न जोखिमयुक्त भाग कटान गरी सडक सुरक्षित बनाउन आवागमन बन्द गर्न लागिएको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार