बुधबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि घटेर ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो।
बैंकिङ समूह ०.०५ प्रतिशतले बढ्दा अन्य सबै समूहगत सूचक घटेका छन्। सबैभन्दा धेरै व्यापार समूह २.४९ प्रतिशतले घटेको छ।
लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३.०७ प्रतिशतले बढेको छ। यता एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ८.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। त्यसपछि सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सुपरमादी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया