भारतको उत्तर प्रदेशस्थित गोरखपुरका स्थायी बासिन्दा श्रीवास्तवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्सा प्रहरीको सहयोगमा वीरगञ्ज महानगरपालिका–१६, नगवाबाट पक्राउ गरेको हो।
उच्च अदालत पाटनले राजस्व चुहावट मुद्दामा उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना हुने फैसला सुनाएको थियो।
पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया