ADVERTISEMENT

नेपाल राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मंसिर १७ सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

बैंकले सहायक निर्देशक, लेखा तथा लेखापरीक्षण, वाणिज्य कानुन, सूचना प्रविधि र सहायक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो।

विज्ञापनअनुसार सहायक निर्देशक पदमा २६ जना, लेखा तथा लेखापरीक्षणतर्फ ३ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ४ जना र सहायक पदमा २६ जना माग गरिएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी २०८३ मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

उम्मेदवारले राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को Career खण्ड वा www.jobs.nrb.org.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार