ADVERTISEMENT

पूर्वआईजीपी कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

काठमाडौँ । पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसीमा चढेको छ।

कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा तोकिएको हो। उनले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाइएको दाबी गर्दै पुनर्बहाली तथा नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।

सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार