ADVERTISEMENT

विश्वासको मत लिनुअघि नै मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका छन्।

 

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको भन्दै राजीनामा घोषणा गरेका हुन्।

 

यसअघि सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। १०२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक थियो।

 

अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। तर दलहरूबीच नयाँ सत्ता समीकरणमा सहमति जुट्न नसक्दा मधेश प्रदेशको राजनीतिक अवस्था अन्योलपूर्ण बनेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार