ADVERTISEMENT

एमालेको विकास एजेन्डालाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन : बस्नेत

काठमाडौँ ।नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामलाई प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका वैकल्पिक शक्ति दाबी गर्नेहरूले चुनौती दिन नसक्ने बताएका छन्।

 

शनिबार च्यासलमा आयोजित पार्टीको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै बस्नेतले नेपालको विकास र समृद्धिमा एमालेको योगदान ऐतिहासिक रहेको दाबी गरे। उनले केपी शर्मा ओली नेतृत्वको सरकारको नीतिगत पहलमा मुलुकमा ३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएको र लोडसेडिङ अन्त्य भएको बताए।

 

उनले वर्तमान सरकारको नौ महिने कार्यकालमा भ्रष्टाचार, कुशासन र महँगी बढेको आरोप लगाउँदै जनतामा निराशा र आक्रोश बढिरहेको टिप्पणी गरे।

आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने लक्ष्यसहित अघि बढ्ने बताउँदै उनले पार्टीका विकासका काम र एजेन्डा जनतामाझ लैजाने रणनीति सुनाए।

 

साथै, सरकारका जनविरोधी कदमविरुद्ध विचार मिल्ने दलहरूसँग चुनावी सहकार्य र संयुक्त आन्दोलन गर्ने पनि उनले बताए।बस्नेतले पार्टीको संगठन सुदृढीकरणका लागि वडा र पालिका अधिवेशनलाई व्यवस्थित तथा सर्वसम्मत रूपमा सम्पन्न गर्न आग्रह गर्दै गुटबन्दी अन्त्य गरी पार्टी एकता बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार