ADVERTISEMENT

सुनको मूल्यमा भारी गिरावट, तोलामा १२ हजार ६ सय रुपैयाँ घट्यो

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँमा झरेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार