काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ७८ पैसा पुगेको छ।
राष्ट्र बैंकका अनुसार डलरको खरिददर १५० रुपैयाँ १८ पैसा रहेको छ। यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ २७ पैसा र बेलायती पाउण्डको २०० रुपैयाँ ११ पैसा कायम भएको छ।
त्यसैगरी, कतारी रियालको बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा, थाई भाटको ४ रुपैयाँ ४६ पैसा र यूएई दिरामको ४१ रुपैयाँ ५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया