ADVERTISEMENT

यूएईको फुजैराहमा भीषण सवारी दुर्घटना, १४ जनाको मृत्यु, ३० घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ कार र ५ ट्रक एकआपसमा ठोक्किँदा भएको भीषण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

 

यूएईको गृह मन्त्रालयका अनुसार ट्रक चालकले नियन्त्रण गुमाउँदा अन्य सवारीसाधनसँग ठोक्किएर दुर्घटना भएको हो।

 

मध्यरातअघि फुजैराह प्रवेशद्वारमा ट्राफिक सुस्त गतिमा चलिरहेका बेला भएको दुर्घटनापछि ट्रकमा आगलागी भएको थियो। आगो अन्य सवारीसाधनमा समेत फैलिएको थियो।

 

घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। मृतकको पहिचानका लागि डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। मृतकमध्ये केही यूएईका नागरिक रहेको र भारतीय नागरिकको समेत मृत्यु भएको यूएईस्थित भारतीय वाणिज्य दूतावासले पुष्टि गरेको छ।

 

दूतावासले मृतकका परिवारलाई आवश्यक सहयोग गर्न स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार