ADVERTISEMENT

एनपीएलमा आज विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। पाँच खेल खेलेको विराटनगर दुई जित र तीन हारसहित अंक तालिकाको छैटौं स्थानमा छ भने एक जित र चार हार बेहोरेको पोखरा पुछारमा छ।

 

यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुनेछन्। पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको कर्णाली सातौं स्थानमा छ भने लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार