काठमाडौँ । माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीको प्रभावले आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भएको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसअघि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया