काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाल संवत् नेपालको मौलिक इतिहास, संस्कृति, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको बताएका छन्।
उनले आफ्नो नेतृत्वको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएको स्मरण गर्दै राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको प्रशंसा गरेका छन्।
नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना थप मजबुत बनाओस् भन्ने कामनासमेत उनले गरेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया