ADVERTISEMENT

डलरदेखि पाउन्डसम्मको विनिमय दर सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा तोकिएको छ।

 

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा तथा क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

 

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

 

केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले तोक्ने दरमा भने केही फरक हुन सक्ने जनाउँदै अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार